नेविसंघ सभापति महरले दिए राजीनामा

काठमाडौं– नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले सोमबार पदबाट राजीनामा दिएका हुन् । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले महरले सोमबार सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको जानकारी दिए ।